काठमाडौं । आज पनि सुनको मूल्य वृद्धि हुँदै तोलाको एक लाख ६६ हजार ७ सय रुपियाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ८ सय रुपियाँले वृद्धि भएको हो ।
कात्तिक १ गते यता लगातार बढी रहेको सुनको मूल्यले दिनकै नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।
उसो त सुनसँगै यता चाँदीको मूल्य पनि बढी रहेको छ । अघिल्लो दिन प्रतितोला २१ सय रुपियाँको उच्च विन्दुमा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपियाँले बढ्दै २१ सय ३५ रुपैयाँ पुगेको छ ।