पहिलो त्रैमासको वित्तीय विवरण आएको दिन घट्यो शेयर बजार

Advertisement

काठमाडौं । शेयर बजार आज फेरि ओरालो झरेको छ । 

दुई दिन लगातार घटेर हिजो उचालिएको बजार आज फेरि दोहोरो अंकले तल झरेको हो । 

Advertisement

आज बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको र कम्पनीहरुको नाफा उत्साहजनक नरहेपछि त्यसको असर बजारमा परेको आंकलन गरिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.४१ अंकले घटेको छ । ०.७६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६४५.३९ अंकमा झरेको छ । 

समग्रमा बजार घटे पनि वित्त समूह २.३२ र ट्रेडिङ समूह ०.२५ प्रतिशतले बढेका छन् । बाँकी अरु राताम्मे भए । सबैभन्दा बढी बैंकिङ समूह १.७० प्रतिशतले घटेको छ । 

undefined

आज ३२४ कम्पनीका १ करोड ५७ लाख ४२ हजार ५ सय १४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८ सय ५३.७३ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि आईसीएफसी फाइनान्स र समृद्धि फाइनान्सका लगानीकर्ताहरुले क्रमशः १० र ९.९३ प्रतिशतले घाटा व्यहोरेका छन् । 

यस्तै महुली लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.२८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज आईसीएफसी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४३ करोड ४४ लाख ४३ हजार ६ सय २१.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ४७.४४ अंकले बजार घट्दा ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५ सय ७२.१२ रुपियाँ, सोमबार ५७.९९ अंकले बजार घट्दा ५ अर्ब ९० करोड ७ लाख ९१ ह्जार ४४.४८ रुपियाँ र हिजो मंगलबार २५.८८ अंकले बजार बढ्दा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६ सय १९.७० रुपियाँ बराबरको कारोबार भएको थियो ।    
 

Advertisement

Advertisement