बलेफी हाइड्रोपावरको बुक क्लोज मिति निर्धारण

Advertisement

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ । 

कम्पनीले कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । अतः कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । 

Advertisement

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपियाँबराबरको शतप्रतिशतले हुन आउने १ः१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

Advertisement

Advertisement