काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घाषणा गरेको हो ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चौथो वार्षिक साधारणसभा बोलाएको छ । सभा, मंसिर १४ गते स्मार्ट दरबार, शंखमूल पार्क, काठमाडौंमा बिहान ९ बजेदेखि बस्नेछ ।
सभाले गत आर्थिक वर्षको सञ्चालक समिति तथा लेखापरीक्षकको वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्नेछ ।
त्यस्तै, बोनस शेयरपछि कम्पनीको पुँजी वृद्धि हुने हुँदा अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने विषयमा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा पनि रहेका छन् ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कात्तिक २५ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।