काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका खुद नाफा १४३ प्रतिशतले बढेको छ । संस्थाले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा १४३ प्रतिशतले बढेको देखिएको हो ।
असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ३४ लाख रुपियाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १० लाख रुपियाँ मात्रै थियो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.३४ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.७७ प्रतिशत र सञ्चालन मुनाफा १ हजार १४२.५३ प्रतिशत बढेको छ।
नाफासँगै प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । असोज मसान्तसम्म संस्थाको यस्तो आम्दानी १५.५२ रुपियाँले बढेर १६.८८ रुपियाँ पुगेको छ । त्यस्तै, यस अवधिमा संस्थाको मूल्य आम्दानी अनुपात ५६.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ .३१ रुपियाँ रहेको छ।
३१ करोड ९८ लाख रुपियाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा १५ करोड ८९ लाख रुपियाँ सञ्चित छ । असोज मसान्तसम्म संस्थाले ४ अर्ब ४६ करोड रुपियाँ निक्षेप तथा सापटीबाट ४ अर्ब २८ करोड रुपियाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।