काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन तोलामा ७ सय रुपियाँले घट्दै एक लाख ६६ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको सोही मूल्य आजपनि कायम भएको हो ।
तथापि, यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपियाँले घट्दै दुई हजार ७० रुपियाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार ९५ रुपियाँमा कारोबार भएको थियो ।