काठमाडौं । आईजीआई प्रुडेन्सियल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर कम्पनीका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
प्रतिकित्ता २०५ रुपियाँ तोकिएको शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।