काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि मंसिर १ गते साधारणसभा बोलाएको छ।
सभा ह्वाइट प्यालेस बैंकेट, मध्यपुर ठिमी ३, भक्तपुरमा बिहान ११ बजेबाट शुरु हुनेछ ।
२६ करोड चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ ।
त्यस्तै, सभामा कम्पनीले साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, आईपीओ निष्कासनका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पारित गर्नेछ ।