काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट पाइने भएको छ ।
ग्राहकले कम्पनीबाट जारी भएर व्यतित रहेका बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट पाउने भएका हुन् ।
कम्पनीका अनुसार पाँच वर्षसम्मका व्यतित जीवन बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट पाइनेछ । त्यस्तै साे अवधिभन्दा बढी समय पुगेका व्यतित बीमालेख नवीकरणमा ६० प्रतिशतसम्म छुट दिइनेछ ।