ट्राफिक प्रहरीले उठायो तीन महिनामा करिब तीन करोड राजस्व
प्रतीकात्मक तस्बिर ।

Advertisement

बागती । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार राजस्व संकलन गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सीसीटीभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम संकलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

Advertisement

यसैबीच, उक्त अवधिमा वाग्मती प्रदेशका १० जिल्लामा भएका ३९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए । 

Advertisement

Advertisement