काठमाडौं । प्राइम कमर्सियल बैंकले ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०८०–८१ को नाफाबाट ५ प्रतिशत (करसहित) लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव राजकुमार कार्कीले जनाएका छन् ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।