निर्जीवन बीमा व्यवसायमा ११ प्रतिशतको बृद्धि, तीन महिनामा साढे ११ अर्ब बीमा शुल्क संकलन

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिला त्रैमासमा निर्जीवन बीमा व्यवसाय ११ प्रतिशतले बढेको छ । 

हाल १४ ठूला र चार लघु गरी १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । चालु आवको पहिलो त्रैमासमा उनीहरुले ११ अर्ब ५७ करोड ३६ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । 

Advertisement

सात लाख ३७ हजार ९३० वटा  पोलिसी बिक्री गरेर सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । 

नेपाल बीमा प्राधिकरणबाट प्राप्त असोज मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत आवको यसै अवधिमा निर्जीवन बीमा कम्पनीहरुले छ लाख ८४ हजार ४३६ वटा पोलिसी बिक्री गरेर १० अर्ब ४५ करोड ४७ लाख रुपियाँ बीमशुल्क संकलन गरेका थिए । त्यसअनुसार समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय बढेको देखिन्छ । 

ठूला कम्पनीको व्यवसाय ११ अर्ब माथि 
समीक्षा अवधिमा ठूला निर्जीवन बीमा कम्पनीले मात्रै ११ अर्ब ३८ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । पोलिसी बिक्री संख्या भने छ लाख ६८ हजार १४० वटा रहेको छ ।

निर्जीवन बीमा व्यवसाय गर्नेमा उत्कृष्ट दुई भित्र मर्जर कम्पनी देखिएका छन् । बढी बीमाशुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स पहिलो नम्बरमा छ । उक्त कम्पनीले यो तीन महिनामा एक अर्ब ४३ करोड ६३ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको छ । पोलिसी बिक्री संख्या भने ६९ हजार ७४७ रहेको छ । 

दोस्रो स्थानमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स देखिएको छ, उक्त कम्पनीले एक अर्ब १७ करोड १९ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीले ७४ हजार ७८९ वटा पोलिसी बिक्री गरेको देखिन्छ ।

तेस्रो स्थानमा भने शिखर इन्स्योरेन्स देखिएको छ । उक्त कम्पनीले एक अर्ब १२ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले ७३ हजार ९३४ वटा पोलिसी बिक्री गरेको छ । 

यसैगरी हिमालयन एभरेष्टले ५८ हजार १७३ वटा पोलिसी बिक्री गरी ९१ करोड ८७ लाख रुपियाँ, आईजीआई प्रडेन्सियलले ५० हजार २३८ पोलिसी बिक्री गरी ९० करोड नौ लाख रुपियाँ, नेकोले ७१ हजार २०२ पोलिसी बिक्री गरी ८९ करोड ७५ लाख रुपियाँ, दि ओरिएन्टलले ११ हजार पाँच वटा पोलिसी बिक्री गरी ८३ करोड ७६ लाख रुपियाँ र एनएलजीले ४८ हजार ८७२ वटा पोलिसी बिक्री गरि ७५ करोड २२ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, युनाइटेड अजोडले ४३ हजार ३८१ पोलिसी बिक्री गरी ६८ करोड रुपियाँ, नेपाल इन्स्योरेन्सले ४४ हजार १९० वटा पोलिसी बिक्री गरी ६१  करोड ४५ लाख रुपियाँ, सानिमा जिआईसीले ३० हजार ३१५ वटा पोलिसी बिक्री गरेर ५८ करोड ८९ लाख रुपियाँ, राष्ट्रिय बीमा कम्पनीले ५३ हजार ५९७ वटा पोलिसी बिक्री गरि ५७ करोड ३९ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी प्रभुले ३१ हजार १७१ पोलिसी बिक्री गरि ४७ करोड ७२ लाख रुपियाँ र नेशनलले सात हजार ५२६ वटा पोलिसी बिक्री गरेर ४१ करोड ७६ रुपियाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

लघुबीमा कम्पनीको व्यवसाय साढे १८ करोड 
यस्तै चार लघुबीमा कम्पनीले भने १८ करोड ५६ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । उनीहरुले यो अवधिमा ६९ हजार ७९० वटा पोलिसी बिक्री गरेको तथ्यांकमा उल्लेख छ । 

नेपाल माइक्रो इन्स्योरेन्सले सबै भन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले पाँच करोड ५० लाख ५३  हजार रुपियाँ बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले २० हजार ७८० वटा पोलिसी बिक्री गरेको छ ।

दोस्रो स्थानमा भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स देखिएको छ । उक्त कम्पनीले चार करोड ६१ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले १५ हजार ५४६ वटा पोलिसी बिक्री गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै, ट्रस्ट माइक्रो इन्योरेन्सले चार करोड २६ लाख रुपियाँ बीमशुल्क संकलन गरेको छ । उक्त कम्पनीले १४ हजार ८७४ वटा पोलिसी बिक्री गरेको छ । 

यसैगरी स्टार माइक्रोले चार करोड १८ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले १८ हजार ५९० वटा पोलिसी बिक्री गरेको तथ्यांकमा उल्लेख छ । 

Advertisement

Advertisement