काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्न बैंक खोजेको छ ।
प्राधिकरणले बैंक मौज्दात लगानी नीतिअनुसार विभिन्न वाणिज्य तथा विकास बैंकमा मुद्दती निक्षेपमा लगानी गर्न चाहेको हो ।
मुद्दती निक्षेपमा लिन चाहने बैंकहरूले आफूले दिनसक्ने अधिकतम प्रतिफल उल्लेख गरी १५ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ ।
बैंकहरूले शिलबन्दी प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा पेश गर्न सक्नेछन् ।