काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
लघुवित्तले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल ३३ हजार ५१६ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर लुघिवित्तका कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले लिन चाहेको शेयर संख्या खुलाई लघुवित्तको केन्द्रीय कार्यालय, गैंडाकोट नवलपरासीमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।