इन्फिनिटी लघुवित्तको २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

Advertisement

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

लघुवित्तले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल २१ हजार  कित्ता शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यो शेयर संस्थापक शेयरधनीसहित जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । यसअघि लघुवित्तले संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेको छ । 

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित १५ दिनभित्र आफूले लिन चाहेको शेयर संख्या खुलाई लघुवित्तको केन्द्रीय कार्यालय, गैंडाकोट नवलपरासीमा आवेदन दिनुपर्नेछ । 

Advertisement

Advertisement