अन्तरिक उडानको हवाई भाडा घट्यो

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएपछि वायुसेवा कम्पनीले अन्तरिक उडानको हवाई भाडा घटाएका छन् । वायुसेवा संचालक संघले बुधबारदेखि लागु हुनेगरी हवाई भाडा घटाएको संघले जनाएको हो ।

नयाँ भाडादर अनुसार हवाई भाडामा लामो दुरीमा २ सय रुपियाँ सम्म घटेको छ । धनगढीको हवाई भाडा १२ हजार १९ रुपियाँ छ । अहिले धनगढीको हवाई टिकटको मुल्य १२ हजार २ सय छ ।

त्यसैगरी, विराटनगरको भाडादर ७ हजार १ सय ४ रुपियाँ छ भने भद्रपुुरको भाडादर घटेर ८ हजार ५ सय ७६ रुपियाँमा आएको छ ।
माउन्टेन फ्लाइटमा यसअघि ११हजार रुपियाँ तिर्दै आएकोमा अब १० हजार ८ सय ६२ मात्रै तिरेहुने भएको छ ।

निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ४ रुपियाँ घटाएर ८४ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement