सेयर बजारमा उत्साहजनक सुधार, २० अंकको वृद्धिसँगै नेप्से १६ सय अंक माथि

Advertisement

काठमाडौंः धेरै दिनदेखि सुस्त रहेको सेयर बजारमा सोमबार भने उच्च सुधार आएको छ । सेयर बजार परिसुचक नेप्से २० दशमलव ५८ अंकले बढेर एक हजार ६०४ अंक पुगेको छ । गएको जुन ८ पछि अहिले नेप्से एक हजार छ सय अंक माथि उक्लिएको हो ।

आज सबै समूहको सुधार आएको छ । जसअनुसार बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव ५४ प्रतिशत, विकास बैंकको एक दशमलव ५२ प्रतिशत, होटल समूहको एक दशमलव १९ प्रतिशत, बिमा र उत्पादनमूलक समूहको समान एक दशमलव १४ प्रतिशत वृद्धि छ भने बाँकीको एक प्रतिशतभन्दा कम छ ।

नयाँ आर्थिक बर्ष सुरु भएसँगै नयाँ बजेट कार्यान्वयनमा आएको र स्थानीय तहमा भएको निर्वाचासँगै आर्थिक विकासले गति लिने संभावना रहेकाले लगानीकर्तामा आशा पलाएको छ । आजको कारोबार रकम भने सन्तोषजनक मात्रै रह्यो । कुल ६८ करोड ३९ लाख रुपियाँको सेयर किनबेच भएकोमा सबैभन्दा बढि फरवार्ड माइक्रोफाइनान्सको चार करोड ८९ लाख रुपियाँको किनबेच भएको छ ।

नाफा कमाउनेमा सबैभन्दा अगाडि हिमालय डिष्ट्रिलरीका लगानीकर्ता छन् भने घाटा खानेमा कुवेर मर्चेन्ट फाइनान्सका लगानीकर्ता छन् ।

Advertisement

Advertisement

Advertisement