भारतीय ब्रान्ड ‘प्यारागन’का जुत्ता नेपाली बजारमा

Advertisement

काठमाडौंः भारतमा नाम कमाएको जुत्ता ब्रान्ड प्यारागन नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि प्यारागनको अधिकृत बिक्रेता प्रिन्साइम्पेक्सले उक्त ब्रान्ड नेपाल भित्र्याएको हो । कम्पनीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेपालमा बिक्री सुरु गरेको हो ।

कार्यक्रममा प्यारागनका भाइस प्रेसिडेन्ट नविन थोमसले यो ब्रान्ड भारतमा निकै लोकप्रिय रहेको र नेपाली उपभोक्ताले पनि रुचाउने दावी गरे । उनले भारतमा सबैभन्दा बढी जुत्ता उत्पादन गर्ने कम्पनी नै प्यारागन भएको भन्दै यसले वार्षिक १४ करोड जोर जुत्ता उत्पादन गर्ने बताए ।

सन् १९७५ मा केरलामा स्थापना भएको यो उद्योगले भारतका विभिन्न स्थानमा चारवटा प्लान्ट स्थापना गरी जुत्ता उत्पादन गर्दै आएको छ । राजधानी काठमाडौंमा चाँडै चारवटा शोरुम स्थापना गर्ने योजना बनाएको प्रिन्साइम्पेक्सले विस्तारै देशका प्रमुख सहरहरुमा आउटलेट विस्तार गर्ने जनाएको छ ।

तुलनात्मक रुपमा बलियो र किफायती मूल्यमा किन्न सकिने जनाइएको प्यारागनका जुत्ताहरु स्टाइलिस र सबै उमेर समूहको चाहनालाई सम्बोधन गर्ने खालको रहेकोले माग बढेको जनाइएको छ । स्कुल जुत्ता, पार्टी जुत्ता, अफिसियल जुत्ता, इन्डस्ट्रियल (कलकारखाना र निर्माण कार्यमा संलग्न व्यक्तिहरुले प्रयोग गर्ने) लगायत फेसनेबल जुत्ताहरु यसका उत्पादन समूहहरु हुन । कम्पनीले प्यारागन जुत्तामा एक वर्षको वारेन्टी दिएको छ ।

Advertisement

Advertisement

Advertisement