आयाल निगमको जग्गा खरिद प्रक्रिया अनियमितता हेर्न  अख्तियारलाई लेखा समितिको निर्देशन

Advertisement

काठमाडौं । संसदको लेखा समितिले नेपाल आयल निगमले पेट्रोल भण्डारणका लागि जग्गा किन्दा आर्थिक हिनामिना गरेको ठहर गरेको छ । समितिको शुक्रबारको बैठकले यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही गर्न निर्देशन दिएको छ ।

लेखा समितिले गरेको छानविनमा आयल निमगका अधिकारीले टेण्डरको नाममा कागज मिलाएर दलालसँग मिलेमतो गर्दै जग्गा किनेको भेटिएको छ । जग्गा प्राप्तीको सरकारी कम्पनीको प्रक्रिया छलेर गोलमाल रुपमा टेण्डर गर्दै झण्डै १ अर्ब रुपियाँ कुम्ल्याएको आरेप अहिले निगमका अधिकारीमाथि छ ।

लेखा समितिले जग्गा प्राप्ति ऐनबमाेजिम खरिद गर्नुपर्नेमा टेण्डरबाट गरिनुले अनियमितता भएको प्रष्ट भएको बताएको छ ।यसमा विधि प्रकृयामा त्रुटी भएको ठहर समितिको छ ।

यस्तै सिधै जग्गाधनीबाट खरिद गर्नुपर्नेमा दलालबाट किन्नु र सरकारी र चलनचल्तीकाे भन्दा बढीमा जग्गा किनेकाे निश्कर्ष अाधारित भएर कारवाही गर्न अायोगलाई निर्देशन दिएको छ ।

लेखा समितिले निगमले जग्गा किन्दा अपनाएको प्रक्रिया र जग्गा किन्दा स्थानीय क्षेत्रमा गरिएको सेटिङमाथिको छानविन गरेर दोषीलाई कारवाही गर्न अख्तियारलाई भनेको छ ।

समिति सभापति डोप्रसाद उपाध्यायले आयल निगमको घोटाला प्रकरण अख्तिायर पठाउने निर्णय सुनाएका छन् ।

आयल निगमका प्रमुख गोपाल खड्कासहित आरोपित अधिकारी र विवादित प्रक्रियामा छानविन गरिरहेको अख्तियारले कसैलाई हचुवाका भरमा जेल हाल्न नसकिने बताएको छ ।

 

Advertisement

Advertisement

Advertisement