देशभर अझै दुई दिन भारी वर्षा हुने, सतर्क रहन मौसमविदको सुझाव

Advertisement

काठमाडौँ: मौसमविदहरुले अझै दुई दिन अविरल तथा भारी वर्षाको सम्भावना रहेकोले जनतालाई सजग र सतर्क रहन आग्रह गरेको छ |

मौसमविद शान्ति कँडेलकी अनुसार शुक्रबार दिउसो र रातिदेखि नै देशका प्राय सबै ठाउहरुमा मनसुनी गतिविधि सक्रिय अवस्थामा रहेकोले अझै दुई दिन भारी वर्षाको सम्भावना रहेको छ |

जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा शनिबार जारी एक एक बिज्ञप्तिमा जनाए अनुसार मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिध्यमान रहेको छ |

"यसले गर्दा नेपालमा मनसूनी गतिबिधि अहिले सक्रिय अवस्थामा रहेको छ | यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानहरुमा हिजो वर्षा भएको र केहि स्थानहरुमा भने भारी वर्षा पनि भएको छ | आज तथा भोली पनि मनसुनी वर्षाको गतिविधि देश भरिनै सक्रिय रहने र देशका केहि स्थानहरुमा भारी वर्षा पनि हुने सम्भावना देखिन्छ," बिज्ञप्तीमा भनिएको छ |

Advertisement

Advertisement

Advertisement