यस बर्ष बार्षिक साधारणसभा गर्ने पहिलो बैंक बन्नेगरी एनआइसी एसियाले मिति तय गर्यो

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले यही आउँदो भदौ ३० गतेलाई आफ्नो २०औं बार्षिक साधारणसभाको मिति तय गरेको छ । गएको आर्थिक बर्षका लागि बार्षिक साधारणसभा बोलाउने एनआइसी एसिया पहिलो बैंक भएको छ ।

सभामा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलव ०५ प्रतिशत नगद लाभांश बितरणलगायतका प्रस्ताव निर्णयार्थ पेस गरिने बैंकले जनाएको छ । गत आर्थिक वर्षमा समग्र वाणिज्य बैंकको निक्षेप र कर्जा वृद्धि क्रमशः १० प्रतिशत र २० प्रतिशत रहेकोमा यस बैंकले निक्षेपतर्फ २५ प्रतिशत र कर्जातर्फ २२ प्रतिशतको वृद्धि हासिल गरेको थियो ।

एनआइसी एसियाले यसलाई समग्र बजारभन्दा उच्चस्तरको र उत्साहपूर्ण परिणाम भनी व्याख्या गरेको छ । यसैगरी समग्र वाणिज्य बैंकहरुको गत बर्षको कुल निक्षेपमा यस बैंकको तीन दशमलव ७९ प्रतिशतको बजार हिस्सालाई सुधार गर्दै यस बर्ष चार दशमलव १५ प्रतिशतको बजार हिस्सा ओगट्न बैंक सफल भएको छ ।

साथै, गत आर्थिक वर्षको समग्र वाणिज्य बैंकहरुको कुल निक्षेप वृद्धिमा बैंकले छ दशमलव सात प्रतिशत हिस्सा ओगट्न सफल भएको भन्दै एनआइसी एसियाले आफ्ना बचतकर्ताहरुलाई बचत खातामा नौ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको, जुन नेपाली बैंकिङ क्षेत्रकै उत्कृष्ट र आकर्षक ब्याजदर भएको जनाएको छ ।

यसैगरी बैंकले हालै मात्र सेयर धितो कर्जा प्रवाहलाई समेत निरन्तरता दिने निर्णय गरेको छ । बैंकले गत बर्ष नेपाल बैंकिङ इतिहासमा सबैभन्दा बढि अर्थात् ५३ वटा शाखा थप गरेको जनाउँदै तीब्र शाखा विस्तार सँगै हाल १२१ शाखा तथा चार विस्तारित काउन्टरमार्फत् बैंकले विभिन्न बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement