टोकियोमा 'नेपाल फेष्टिवल' सम्पन्न, जापानी र नेपालीको उल्लेख्य सहभागिता

Advertisement

टोकियो (जापान): ‘अथिति देवो भवः’ नारासहित जापानको टोकियोमा दुई दिने नेपाल फेष्टिवल शनिबार र आइतबार सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजना र जापानस्थित नेपाली दूतावासको सहयोगमा फेष्टिवल आयोजना गरिएको हो ।

nepal-festival-japan7नेपाल फेष्टिवलको यो १०औं संस्करण हो । नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने, नेपालमा पर्यटन प्रवद्र्धन गर्ने, नेपालको व्यापार तथा लगानी प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले एनआरएनए जापानले यस्तो मेला आयोजना गर्दै आएको छ ।

nepal-festival-japan7टोकियोको मुटु उएनो पार्कमा आयोजित नेपाल फेष्टिवलको एनआएनए उपाध्यक्ष भवन भट्ट र जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले संयुक्तरुपमा गरेका थिए । नेपालका विभिन्न जातजातिको कला संस्कृति, झाँकी प्रदर्शन गरिएको मेलामा नेपाली र जापानीहरुको अपेक्षाभन्दा बढि सहभागिता रहेको आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement