एनसेलले ९० दिनका लागि ल्यायो सुलभ दरमा नयाँ डेटा अफर, प्याक बराबरकै फोरजी डेटा बोनस

Advertisement

काठमाडौंः निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलाई दु्रतगतिको इन्टरनेट सेवा अझ सुलभ दरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनसस्वरुप प्राप्तगर्न सक्नेछन् ।

जसअनुसार करसहित न्युनतम २ पैसा प्रतिएमबी सम्ममा डेटा सेवाको मजालिन सक्नेछन् । नयाँ डेटा प्याक कुनै पनि बेला प्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजेदेखि बिहान ५ बजे सम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् ।

जसअन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबीदेखि १० हजार एमबी सम्मका डेटा प्याकहरु रु १० देखि रु एक हजार ५०० सम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफूले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विशेषता हो । उदाहरणका लागि रु १०० मा ५०० एमबी अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५०० एमबी फोरजी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन् । यस योजनाअन्र्तगतका प्याकहरु ग्राहकले टुजी, थ्रिजी र फोरजी कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुपप्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ ।

अल टाइम डेटा प्याकअन्तर्गत ग्राहकले रु १० मा ३० एमबी डेटा प्राप्त गर्नेछन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० एमबी फोरजी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन् । यसरी ग्राहकले रु १० मा ६० एमबी डेटाको मजालिन सक्नेछन् । त्यस्तै अरु अल टाइम डेटा प्याकअन्तर्गत ग्राहकले रु ३० मा १०० एमबी, रु ५० मा २०० एमबी र रु ७० मा २५० एमबी लिन सक्नेछन् र सोही भोल्युम बराबरको फोरजी डेटाको मजालिन सक्नेछन् ।

साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले रु १०० मा ५०० एमबि, रु ३०० मा एक हजार २५० एमबी, रु ५०० मा दुई हजार ५०० एमबी र रु एक हजार ५०० मा १० हजार एमबी डेटा प्राप्त गर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोही मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको मजालिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युमबाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन् । जस्तै रु एक हजार ५०० मा ४० हजार एमीब नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४० हजार एमबी फोरजी डेटा बोनस प्राप्त गर्नेछन् र न्युनतम २ पैसा प्रति एमबीमा डेटा सेवाको मजालिन सक्नेछन् ।

यो योजना यही भोलि बुधबारदेखि ९० दिनको लागि लागु हुनेछ र फोरजी बोनस ३० दिनका लागि मान्य हुनेछ । डेटा प्याकहरुको उल्लेखित सबै शुल्कहरु कर सहितका हुन् । सुलभ दरमा दु्रतगतिको इन्टरनेटको मजाको लागि एनसेलका ग्राहकले एस्ट्रिस्क१७१२३ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो आवश्यकताअनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

अल टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकताअनुसारको प्याक भोल्युम टाइप गरि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् । त्यस्तै नाइट टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकताअनुसारको प्याक भोल्युम र अंग्रेजीमा ठूलो ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस पठाई यो डेटा प्याक सुचारु गर्न सक्नेछन् । एनसेल एपबाट पनि डेटा प्याकहरु सुचारु गर्न सकिनेछ ।

पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा संचालनमा ल्याएपश्चात एनसेलले तदारुकताका साथ यो सेवा विस्तार गर्दै आइरहेको जनाएको छ । हाल एनसेलको फोरजी सेवा देशको विभिन्न १९ शहरमा उपलब्ध छ ।

एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा यो सेवा विस्तार गर्र्दैै ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने र डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement