शेयर बजारमा झन्डै १२ अंकको वृद्धि, कारोबार रकममा भने कमी

Advertisement

काठमाडौं: साताको दोश्रो दिन खुलेको शेयर बजार झन्डै १२ अंक वृद्धिसंगै उत्पादन तथा प्रशोधन मूलक समूहबाहेक सबै समूह सकारात्मक रह्यो ।

सोमबार शेयर बजार २५ अंकले घटेको थियो आज बुधबार ११ दशमलव ८८ अंकले बढेर १५ सय ६६ दशमलव ४४ को बिन्दुमा पुगेर बन्द भयो ।

आज कारोबारमा आएका आठ समूहमध्ये उत्पादन तथा प्रशोधन मूलक बाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार बढेको हो । परिसुचक बढेसँगै बुधबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्श २ दशमलव ७३ अंकले बढेर ३२८ दशमलव २२ अंकमा पुगेको छ ।

नेप्से परिसुचकमा वृद्धि भएपनि बुधबार कारोबार रकममा भने केही कमि आएको छ । सोमबार ८४ करोड २९ लाख रुपियाँको शेयर किनबेच भएको बजारमा आज १६४ कम्पनीको ८१ करोड ७ लाख ६७ हजार ४४० कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सबैभन्दा बढी ६ करोड ९४ लाख रुपियाँको शेयर कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका आठ समूहमध्ये बीमा समूह सबैभन्दा बढी बढेको छ । यो समूहमा आज ४८ दशमलव ११ अंकले वृद्धि आएको छ । त्यस्तैं बैंकिङ समूह १२ दशमलव ११ अंकले, विकास बैंकको २१ दशमलव ४८ अंकले, जलविद्युत समूहको शुन्य दशमलव ७९ अंकले, होटल २१ दशमलव ४३ अंकले, फाइनान्स समूह एक दशमलव १४ अंकले र अन्य समूह ९ दशमलव २५ अंकले बढेका छन् । घट्ने एकमात्र समूह उत्पादन तथा प्रशोधन समूह ४८ दशमलव ०२ अंकले ओरालो लागेको छ ।

Advertisement

Advertisement

Advertisement