धुर्मुस सुन्तलीको अभियानलाई क्यानडाबाट थपियो १० लाख

Advertisement

काठमाडौंः सामाजिक कार्यमार्फत नेपालमा आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएका हास्य कलाकार जोही सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई क्यानडाबाट १० लाख रुपियाँ प्राप्त भएको छ ।

क्यानडाको क्यालगेरीमा डाँफे स्पोर्टस क्लब र क्यालगोरीका युवाहरुको सक्रियतामा १० लाख रुपियाँ नगदसहित उनीहरुलाई सम्मान गरिएको हो । पछिल्लो समयमा तराईका बाढी पीडितका लागि सक्रिया रहेका घुर्मुस सुन्तलीलाई क्यानडाको क्यालगेरीमा रहेको मंगोलियन ब्याङ्क्वेटमा आयोजना गरिएको कार्यक्रममा सम्मानसहित पुरस्कारको रुपमा उक्त रकम प्रदान गरिएको हो ।

डाँफे स्पोर्टस क्लबले कार्यक्रम स्थलमा बाढी पीडितका लागि उनीहरुले निर्माण गर्न लागेको एकीकृत नमुना बस्तीका लागि दान बाकससमेत राखेको थियो । उक्त बाकसबाट चार हजार ४२३ डलर सहयोग संकलन भएको र कार्यक्रमबाटै नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगेरीले पाँच हजार डलर, किराँत याक्थुम चाम्लुङ्गले सात सय डलर, याक्थुम चुम्लुङ्गले पाँच सय डलर, डाँफे स्पोर्टस क्लबले एक हजार डलर र स्थानीय म्युजिकल ब्याण्ड यात्री ब्याण्डले तीन सय डलर सहयोग प्रदान गरेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement