दशैंमा कोक किन्नेलाई एलजीको एलइडी टिभी उपहार

Advertisement

काठमाडौंः दुई बहुराष्ट्रिय कम्पनीहरु कोकाकोला र एलजी मिलेर दशैंको अवसरमा उपभोक्ता लक्षित उपहार योजना अघि सारेका छन् ।

कोक, फेन्टा वा स्प्राइट किन्ने चार जना भाग्यमानी उपभोक्ताले हरेक दिन एलजीको एलइडी टिभी, उपहार पाउने छन् । यो उपहारबाहेक दुवैका आफ्नै उपहार योजनाहरु कायमै रहनेछन् । अमेरिकी कम्पनी कोकाकोला सन् १८८६ देखि र कोरियन कम्पनी एलजी १९४७ देखि नेपालमा छन् ।

बोटलर्स नेपाल लिमिटेडको कोकाकोलाले यस बर्षको दशैं, तिहारका लागि ‘‘मन खोलौं कोकसँग’’ नामक योजना ल्याएको छ भने चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले बिक्री गर्दै आएको एलजीले ‘‘हजुरको पर्व हाम्रो प्रविधि’’ नामक योजना ल्याएका छ ।

यस सहकार्यले कोकाकोला र एलजीका उपभोक्ताको दशैंमा थप खुसी थप्ने चौधरी समूहको विश्वास छ ।

Advertisement

Advertisement

Advertisement