डेभलपमेन्ट बैंकर एशोसिएसनद्वारा बाढी प्रभावितलाई सहयोग

Advertisement

काठमाडौँ: डेभलपमेन्ट बैंकर एशोसिएसनले बाढी प्रभावितको सहयोगका लागि संकलन गरेको रु ३२ लाख आज नेपाल उद्योग वाणिज्य महासंघलाई प्रदान गरेको छ ।

यहाँँ आज आयोजित कार्यक्रममा एशोसिएसनका महासचिव झलकप्रसाद खनालले महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई सो रकम हस्तान्तरण गरे । एशोसिएसनले बाढी र डुबान प्रभावितका लागि सहयोग गर्न विभिन्न विकास बैंक तथा अन्य वित्तीय संस्थाबाट रकम संकलन गरेको हो ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले मुलुकमा दैवीप्रकोपमा परेको नागरिकलाई सहयोग गर्न एशोसिएसनले विभिन्न स्रोत परिचालन गरी रकम संकलन गरेकामा त्यसको सराहना गरे। महासचिव खनालले सामाजिक उत्तरदायित्वअन्तर्गत एशोसिएसनले मुलुकका विभिन्न क्षेत्रमा सामाजिक गतिविधि गरेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement