१५ सयको टिकटले भृकुटीमण्डप गएर चाहेजति सेकुवा खाने होइन त ?

Advertisement

काठमाडौंः पहिलो पटक राजधानीको भृकुटीमण्डपमा शनिबारदेखि बाजेको सेकुवाकोे आयोजना तथा टुबोर्गको प्रायोजनमा सेकुवा मेला सुरु भएको छ । मेलामा २० थरीका भेज तथा ननभेज सेकुवाका परिकारहरु राखिएको आयोजकले जनाएको छ।

दिउँसो ३ बजेबाट बेलुका ९ बजेसम्म चल्ने मेलाको आकर्षणमा होटल मटन बार्बिक्यु रहनेछ । सेकुवासँगै ग्राहकले पेयपदार्थ पनि लिन सक्नेछन्। मेलामा विभिन्न ब्याण्डको साँगीतिक प्रस्तुतीको साथै मनोरञ्जनात्मक कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ।

मेलामा आउनेले १५ सयको टिकट लिएपछि चाहेजति सेकुवा तथा एक कम्प्लिमेन्ट्री पेय पदार्थ निशुल्क पाउने छन् । १२ वर्षमुनिकालाई भने टिकटको शुल्क नौ सय तोकिएको छ । अग्रिम टिकट लिनेलाई १० प्रतिशत तथा कर्पोरेट एवं सामुहिक खरिद गर्नेलाई विशेष छुट दिइने आयोजकले बताएको छ ।

Advertisement

Advertisement

Advertisement