काँग्रेससँग तालमेल गर्न अघि सरे चित्रबहादुर केसी, वामएकता असंभव

Advertisement

काठमाडौंः ठूला वामपन्थी दलहरुको एकता प्रक्रिया अघि बढेको बेला सानो चित्रबहादुर नेतृत्वको अर्को वापन्थी घटक राष्ट्रिय जनमोर्चा काँग्रेससँग चुनावी तालमेल गर्न अग्रसर भएको छ ।

रिपोर्टर्स क्लवमा बुधबार जनमोर्चाका अध्यक्ष केसीले वामएकता असंभव रहेको भन्दै आफ्नो पार्टी काँग्रेससँग चुनावी तालमेल गर्न तयार रहेको बताएका हुन । उनले एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीचको एकतालाई आफूहरुले नौलो विषयको रुपमा नलिएको र उनीहरुसँग आफ्नो पार्टीको एकता हुनै नसक्ने केसीले स्पष्ट पारे ।

अध्यक्ष केसीले तीन पार्टीबीच एकता प्रयास हुँदैमा किन यस्तो खैलाबैला र रुवानी छ ? भनी प्रश्न गरे । संसदमा सँगै हिँडिरहेका दलहरुले चुनावी एकता गर्नु नौलो कुरा नभएको उनको टिप्पणी थियो ।

केसीले भने, ‘अहिले अचम्म हुनुपर्ने थिएन, बरु अचम्म त एमाले र माओवादी केन्द्रसँगै हुँदा जसरी माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्यायो त्यो अचम्म थियो, यो त सामान्य नै हो ।’ एमाले, माओवादी केन्द्र र नयाँशक्तिको एउटै पहिरन, एउटै भान्छा भएकोले मिल्नु नौलो कुरा नभएको केसीको तर्क छ ।

Advertisement

Advertisement

Advertisement