'छक्का पन्जा २'को नयाँ  रेकर्ड, १० दिनमा १० करोड कमाई

Advertisement

काठमाडौंः नेपाली चलचित्रको व्यापारमा पछिल्लो समय निकै सुधार भइरहेको छ । चलचित्रको व्यापार एक करोड नाग्नु अहिले सामान्य भइसकेको छ । त्यसतै ‘छक्का पन्जा २’ले पनि उत्कृष्ट व्यापार गरिरहेको छ ।

असोज ११ गतेबाट देशभर एकसाथ रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ले एकमाथि अर्को रेकर्ड राखिरहेको छ । चलचित्रले प्रदर्शनमा आएको दशदिनमै दश करोड रुपियाँ सँङकलन गरिसकेको जानकारी चलचित्र युनिटले दिएको छ । यो सँगै चलचित्रले ‘कोहिनुर’को रेकर्ड तोडेको छ ।

यो उपलब्धिसँगै ‘छक्का पन्जा २’ सर्वाधिक कमाउने चलचित्रको दोश्रो स्थानमा आइपुगेको छ । अब चलचित्रले ‘छक्का पन्जा’को सर्वाधिक कमाइको रेकर्ड तोड्न ६ करोडको व्यापार गर्नुपर्ने हुन्छ । ‘छक्का पन्जा’ले भने १६ करोडको व्यापार गर्दै सबैलाई अचम्मित बनाएको थियो ।

चलचित्रको निर्देशन दीपाश्री निरौलाले गरेकि थिइन भने निर्माण दीपकराज गिरीले गरेका थिए । साथै चलचित्रमा प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

Advertisement

Advertisement

Advertisement