तिहार नजिकिदै गर्दा बजारमा चाँदीको माग बढ्दो

Advertisement

काठमाडौंः तिहार नजिकिदै गर्दा चाँदीको माग पहिलेको भन्दा दोब्बरले बढेको छ । जसका कारण बजारमा चाँदीका गहना तथा सामानको अर्डर व्यवसायीहरुले लिन सकिरहेका छैनन् ।

विभिन्न प्रकारका भाँडा तथा सामानहरु बनाउन चाँदीको प्रयोग हुँनाले यो समयमा माग बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी यसअघि प्रतिदिन लगभग साढे चार सय केजी माग हुनेमा यो बेला करिब एक हजार केजीभन्दा बढीको माग हुँने गरेको महासंघले जनाएको छ ।

तिहारका बेला चाँदीका विभिन्न सामान तथा गहना किनेर लक्ष्मीलाई खुसी पारिने चलन रहेकाले चाँदीको चम्चा, थाली, कचौरा, प्लेट, गरगहना यतिबेला बढी बिक्री हुने गरेको र त्यसले माग बढाएको हो ।

नेपालमा सीमित व्यवसायी तथा बैंकहरुले चाँदीको आयात गर्नुका साथै निश्चित प्रक्रिया पुरा गरेपछि व्यवसायीले पनि चाँदीको आयात गर्न सक्छन् । विभिन्न सरकारी झन्झटका कारण चाँदीको आयात गर्ने व्यवसायी एकदमै कम रहेका छन् ।

Advertisement

Advertisement

Advertisement