भूकम्प प्रभावितहरुलाई नेपाल रेडक्रसको रु. ६७ करोड सहयोग

Advertisement

काठमाडौंः नेपाल रेडक्रस सोसाइटीले २०७२ साल बैशाखको भूकम्पबाट प्रभावित छ हजार ६१३ प्रभावितहरुको आवास निर्माणका लागि ६७ करोड रुपियाँ सहयोग गरेको सो संस्थाद्धारा हालै आयोजित समीक्षा बैठकमा जानकारी दिइयो ।

रेडक्रसले २०७२ वैशाखको विनाशकारी भूकम्पपछि ठूलो धनजनको क्षति भएका १४ जिल्लामा भूकम्प प्रतिकार्य सम्बन्धी विविध कार्यहरु गर्दै आएको छ । जसअन्तर्गत मूख्यरुपमा आवास, खानेपानी, सरसफाई तथा स्वच्छता, स्वास्थ्य, जीविकोपार्जन तथा संस्थाको सस्थांगत क्षमता विकास जस्ता गतिविधि सञ्चालित छन् ।

नगरकोटमा आयोजित बार्षिक समीक्षा बैठकमा भूकम्पबाट घरहरु क्षतिग्रस्त भएकाहरुको लागि आवास निर्माण गर्न ६७ राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा देखिएका नयाँ मानवीय चुनौतीलाई आत्मसाथ गरि मानवीय गतिविधिलाई अझ बढी प्रभावकारी बनाउँदै लैजाने कुरा पनि सो बैठकमा निर्णय गरिएको रेडक्रसले जनाएको छ ।

संस्थाका मानवीय सेवा तथा गतिविधिहरुमा स्थानीय तहसँगको सहकार्य बढाउन तथा सामुदायिक सहभागिता बढाउनको लागी नीतिगत आधार तयार गर्ने निर्णय गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले सामुदायिक सहभागीता र स्वयंमसेवकको बलबाट नै संस्था सञ्चालित भइरहेको बताउँदै समुदायको संलग्नता बढाउन र त्यसलाई अझ बढी प्रभावकारी बनाउन बैठकले दिशा निर्देश गरेको बताए ।

बैठकमा मूलुकको नयाँ संरचनासंग अनुकूलित हुँदै संस्थाको विधानलाई पनि परिमार्जित गर्दै लाने निर्णय भएको जनाइएको छ ।

Advertisement

Advertisement