काँग्रेस, एमाले, माओवादीसहित ५५ दलले दर्ता गरे समानुपातिक बन्द सुची

Advertisement

काठमाडौँः सत्तारुढ कांग्रेस र माओवादी केन्द्र तथा विपक्षी एमालेसहित ५५ दलले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेका छन । आयोग पुगेर ती दलहरुले सुची दर्ता गरेका हुन ।

संविधानअनुसार संघीय संसद्का लागि अधिकतम् ११० र प्रदेश सभाका लागि २२० को सूची महिला तथा जातजातिलाई आरक्षण गरी सुची गर्दा गर्न सकिन्छ । संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७ १७, जनजाति पुरुष र महिला १६ १६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुईको बन्द सूची दर्ता गर्न सकिन्छ ।

प्रतिनिधिसभाको कुल २७५ स्थानमध्ये समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद चयन हुनेछन भने सातवटै प्रदेशमा प्रदेशसभाका लागि २२० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ।

आयोगले बन्दसूची बुझाउनका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरे पनि राति अवेरसम्म दलहरुले आयोगमा सुची दर्ता गरिरहेका थिए । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्धारित ५ बजेसम्मको समयसीमा भित्र आयोग परिसरमा प्रवेश गरेका दलहरुलाई बन्दसूची बुझिन अवसर दिइएको थियो ।

समानुपातिक निर्वाचन प्रणालीमा चुनावमा भाग लिन ८८ दलले आयोगमा दल दर्ता गराए पनि ५५ दलले मात्रै सुची दर्ता गराएका हुन । बन्दसूची बुझाउने राजनीतिक दलले प्रतिनिधिसभाका लागि ५० हजार र प्रदेशपिच्छे २५ हजार धरौटी रकम जम्मा गर्नुपर्ने व्यवस्था आयोगले गरेको थियो ।

आयोगमा बन्द सूची बुझाउने दलहरुः

१. ग्रिन पार्टी नेपाल

२. राष्ट्रिय यथार्थबादी पार्टी नेपाल

३. राष्ट्रिय जनता दल नेपाल

४. चुरे भाबर लोकतान्त्रिक पार्टी

५. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

६. नेपाल युवा किसान पार्टी

७. एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी)

८. ताम्सालिङ लोकतान्त्रिक पार्टी

९ं नेपाली काँग्रेस

१०. नेपाल समावेशी पार्टी

११. नेपाल समाजबादी पार्टी लोहियाबादी

१२. जनशक्ति नेपाल

१३. जनतान्त्रिक पार्टी नेपाल

१४. राष्ट्रिय शिबसेना पार्टी र नागरिक पार्टी

१५. राष्ट्रिय जनता पार्टी नेपाल

१६. देशभक्त समाज

१७. नेपाल कम्युनिष्ट पार्टी माक्र्सबादी

१८. देशभक्त लोकतान्त्रिक पार्टी

१९. बहुजन शक्ति पार्टी

२०. दलित मुस्लीम जनशक्ति पार्टी

२१. संघीय समाजबादी फोरम नेपाल

२२. नेपाल जनता पार्टी

२३. नेपाल मजदूर किसान पार्टी

२४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट

२५. युवा नेपाल पार्टी

२६. राष्ट्रिय जनमोर्चा

२७. लिबरल डेमोक्र्याटिक पार्टी

२८. देशभक्त जनगणतान्त्रिक मोर्चा

२९. नयाँ शक्ति पार्टी नेपाल

३०. हाम्रो पार्टी

३१. नेपालबाद

३२. आमुल परिवर्तन मसिहा पार्टी नेपाल

३३. नेपाल दर्शन

३४. राष्ट्रिय प्रजातन्त्र पार्टी

३५. मंगोल नेसनल अर्गनाइजेसन

३६. राष्ट्रि प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)

३७. नेकपा (एमालें)

३८. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल

३९. राष्ट्रिय त्रिसुल बहुजन समाजवादी पार्टी

४०. नेकपा माले समाजवादी पार्टी नेपाल

४१. नेपाल नौलो जनवादी पार्टी

४२. नेपाल लोकतान्त्रिक फोरम

४३. नेकपा माओवादी केन्द्र

४४. नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक

४५. नेपाल लोकतान्त्रिक जनता काँग्रेस

४६. नेपाली जनाता दल

४७. नेपाली काँग्रेस वीपी

४८. राष्ट्रिय मुक्ति आन्दोलन

४९. राष्ट्रिय समाजवादी पार्टी नेपाल

५०. नेपाल दलित पार्टी

५१. राष्ट्रिय जनमुक्ती पार्टी

५२. नेपाल संघीय समाजवादी पार्टी

५३. विवेकशील साझा पार्टी

५४. ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल

५५. नेपाः राष्ट्रिय पार्टी

Advertisement

Advertisement

Advertisement