प्रभु इन्स्योरेन्सले ४६ प्रतिशत हकप्रद निष्कासन गर्दै

Advertisement

काठमाडौंः प्रभु इन्स्योरेन्स कम्पनीले बोनस सेयरसँगै हकप्रद घोषणा गरेको छ । कम्पनीले बोनस बितरणपछि कायम चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको हो ।

गत बर्षको मुनाफाबाट कम्पनीले १९ दशमलव २० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनार्थ एक दशमलव एक प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीले बोनस सेयरका लागि कार्तिक सात गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । दोस्रो बजारमा कार्तिक २० गतेसम्म शेयर खरिद गर्ने लगानीकर्ताले लाभांस पाउने छन् । साधारणसभा २१ गते हुने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख रुपियाँ छ । बोनसपछि चुक्ता पूँजी ६८ करोड ८४ लाख रुपियाँ पुग्ने छ । थप ४६ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड रुपियाँ पुग्ने छ । आर्थिक बर्ष २०७५ सम्म बिमा समितिले निर्जिवन कम्पनीलाई एक अर्ब पूँजी पुर्याउन निर्देशन दिएको छ ।

Advertisement

Advertisement

Advertisement