देवः विकास बैंकको इटहरी र पथरीमा नयाँ शाखा

Advertisement

काठमाडौंः देवः विकास बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका, वडा नं. ६ र मोरङको पथरी शनिश्चरे नगरपालिका, बडा नं. १ मा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकको इटहरी शाखाको शुभारम्भ यही गएको असोज २५ गते र पथरी बजारस्थित शाखाको शुभारम्भ असोज २७ गते भएको हो । यी शाखाहरुमार्फत वित्तीय वित्तीय कारोवार सञ्चालन भएबाट देशको पूर्वी क्षेत्रमा वित्तीय सेवा बढनुको साथै बैंकको वित्तीय सेवाको सञ्जालसमेत बढेको बैंकले ठहर गरेको छ ।

यो बर्ष थप शाखाहरु विस्तार गर्ने योजना रहेको पनि बैंकले जनाएको छ । देवः विकास बैंकले हालसम्म ११ अर्ब २२ करोड निक्षेप संकलन तथा १० अर्ब नौ करोड कर्जा लगानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement