बार्सिलोनाको अपराजित यात्रा कायमै, मालागा २-० गोलले पराजित

Advertisement

एजेन्सीः बार्सिलोनाले स्पेनिस लिगमा मालागालाई पराजित गर्दै आफ्नो अपराजित यात्रा जारी राखेको छ । जित निकाल्ने क्रममा बार्सिलोनाले मालागालाई २-० गोलले पराजित गरेको हो ।

शनिबार राति भएको खेलमा आन्द्रे इनिस्टाको गोलको मदतमा बार्सिलोनाले जित निकाल्दै अपराजित यात्रा कायम राखेको हो । दोस्रो मिनेटमा जेरार्ड डोउलोफुको गोलबाट बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा अग्रता लिएको थियो । ५६ औं मिनेटमा इनिस्टाले गोल गरेपछि अग्रता दोब्बर बनाउदै जित निश्चित गरे ।

जितसँगै बार्सिलोना ९ खेलमा २५ अंकका साथ शिर्ष स्थानमा छ भने भ्यालेन्सिया सम्मान ९ खेलबाट २१ अंकका साथ दोस्रो स्थानमा छ । रियल मड्रिडको १७ अंकका साथ तेस्रो स्थानमा छ र उसले एक खेल कम खेलेको छ ।

Advertisement

Advertisement