हिमालयन बैंकले २५ प्रतिशत वोनस शेयर र १.१३ प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौं : हिमालयन बैंकले २५ प्रतिशत वोनस शेयर र कर तिर्न १.१३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको यही मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट वोनस र नगत लाभांश दिने निर्णय गरेको हो ।

बैंकको अहिले चुक्ता पुँजी ६ अर्ब ४९ करोड १६ लाख २४ हजार रुपियाँ छ । वोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख ३० हजार रुपियाँ पुग्नेछ।

बैंकले गएको आर्थिक वर्षको चौथो त्रैमासमा दुई अर्ब १७ करोड ६४ लाख ८७ हजार रुपियाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी ३३ रुपियाँ ५३ पैसा र प्रतिशेयर नेटवर्थ १८१ रुपियाँ २५ पैसा छ ।

Advertisement

Advertisement

Advertisement