आप्रवाशीबाट आतंकवाद बढेको भन्दै अमेरिकी डीभी चिठ्ठा खारेजीको तयारी

Advertisement

वाशिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल संचलान हुँदै आएको डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव गरेका छन् । बुधबार ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा ट्रम्पले यस्तो प्रस्ताव गरेका हुन् ।

डीभी चिठ्ठामार्फत् अमेरिकाले बिभिन्न देशका ५० हजार नागरिकलाई स्थायी आवास अनुमति दिन्छ। बुधबार न्यूयोर्कमा भएको आक्रमणमा डीभी चिठ्ठामार्फत् नै अमेरिका बस्दै आएको व्यक्तिको संलग्नता भएको पुष्टि भएपछि ट्रम्प डीभी चिठ्टा तत्काल खारेज गर्ने निष्कर्षमा पुगेका हुन् ।

डिभी चिठ्ठा आतंकवादीहरु अमेरिकी प्रवेश गर्ने माध्यम बनेकाले यसलाई खारेज गर्नुपर्ने ट्रम्पको जोड छ ।

ह्वाइटहाउस बैठकमा ट्रम्पले भनेका छन्, ‘मैले आजबाट डाइभर्सिटी भिसा (डीभी)को कार्यक्रम रद्ध गर्ने प्रक्रिया शुरु गरेको छु । डाइभर्सिटी भिसा सुन्दा मिठो लाग्छ, तर यो राम्रो होइन, त्यसैले हामी यसको विपक्षमा छौं ।’

उनले डीभी खारेज गर्ने प्रक्रियाका लागि अमेरिकी संसदमा प्रस्ताव लैजाने पनि बताए ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डीभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

Advertisement

Advertisement