नुवाकोटको बट्टारमा एसबिआई बैंकको शाखा र एटिएम

Advertisement

काठमाडौंः नेपाल एसबिआई बैंकले नुवाकोटको बट्टारमा आफ्नो ६८औँ शाखा तथा सयौं एटिएम सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले आइतबार उक्त शाखा र एटिएमको उद्घाटन गरे ।

एसबिआई बैंकको मुलुकभर तीन वटा क्षेत्रीय कार्यालय, सात वटा एक्सटेन्सन काउन्टर, एक इनटच आउटलेट, ६८ शाखासहित कुल कुल ७९ वटा व्यवसायिक इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको किओस्क, सिडीएम, सिआरएम तथा मोवाइल एटिएम सहित सेयर वटा एटिएम सेवाहरु रहेका छन् ।

उदघाटन कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले बैंकका प्रबन्ध सञ्चालक अनुकुल भट्नागरले बोलेका थिए । भट्नाकरले नुवाकोटबासीको सुविधालाई ध्यानमा राखी अत्याधुनिक बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले बट्टारमा आफ्नो शाखा सञ्चालनमा ल्याएको बताए ।

कार्यक्रममा बैंकका डेपुटी सिइओ शुभकान्त कानूनगो, प्रमुख वित्तीय अधिकृत प्रियरञ्जन, कम्पनी सचिव रमेश घिमिरे, क्षेत्रीय प्रबन्धक शुशील शर्मालगायत स्थानीय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, उद्यमी सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement