भारु साटिने सम्भावना क्षीण, सरकारसँग रहेको १३ करोड 'कागज पल्टिने' सम्भावना

Advertisement

काठमाडौँ: भारत सरकारले पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको एक वर्ष बित्दासमेत नेपाल सरकारसँग रहेको करिब १३ करोड रुपियाँ बराबरको भारु साटिदिएको छैन ।

नेपाली सर्वसाधारणसँग पनि सटही गर्न नपाएको भारु निकै हुन सक्ने अनुमान गरिए पनि यकिन तथ्यांक छैन । भारतले आफ्ना नागरिक र भुटानमा रहेका सबै प्रतिबन्धित भारु भने साटिसकेको छ ।

पटक–पटक पहल गर्दा पनि भारतीय पक्षले चासो नदिएपछि सटही हुन नसकेका करोडौं भारु नोट ‘कागज पल्टिने’ हुन् कि भन्ने चिन्ता सरोकारवालाले व्यक्त गर्न थालेका छन् ।

भारत सरकारले ०७३ कात्तिक २४ गते (नोभेम्बर ९, २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो । त्यसयता नोट सटहीका लागि नेपाल सरकार र राष्ट्र बैंकमार्फत पटक–पटक प्रयास भए पनि भारतीय पक्षले चासो नदिएको हो ।

यो खबर आजकोकान्तिपुरमा छ, पछिल्ला दिनमा भारतीय पक्षले यससम्बन्धी कुरै सुन्न छाडेकाले नेपालमा रहेका भारु पाँच सय र हजार दरका नोट साटिने सम्भावना न्यून बन्दै गएको जानकारहरूको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement