नेपालकै होंचा कलाकार दिपेन शाहको निधन

Advertisement

काठमाडौँ: गिनिज बुकमा बिश्वकै होँचो कलाकारको रुपमा नाम लेखाउने तयारीमा रहेका नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । उनको उचाई ३१ इन्च छ ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनको मृत्यु मृगौला फेल भएर भएको हो र केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका थिए । शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो ।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए ।

शाहले ‘सारथी’ नामक चलचित्रबाट आफ्नो अभिनयको यात्रा शुरु गरेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा पढ्दै थिए ।

Advertisement

Advertisement

Advertisement