एक सातापछि सेयर बजारमा सामान्य सुधार, व्यापार समूहले उचाल्यो नेप्से

Advertisement

काठमाडौंः गएको साता तीन दिनबाहेक तिहारपछि लगातारजसो ओरालो लागेको सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ । सोमबार एक अंकले घटेको सेयर बजार परिसुचक नेप्से आज एकल अंकले नै बढेको छ ।

व्यापार समूहमा साढे सात प्रतिशतभन्दा बढिको वृद्धिले नेप्से झर्नबाट रोकिएको हो । व्यापार समूहबाहेक बाणिज्य बैंक, होटल, बिमा र वित्त समूहमा सामान्य सुधार आए पनि बाँकी समूहको उपसुचक भने ओरालो लागेको छ ।

निर्वाचनपछिको राजनीतिक परिस्थितिको पखाईमा रहेका यतिखेर लगानी गर्ने मनस्थितिमा नदेखिएको पछिल्लो समयमा घट्दै गएको कारोबारबाट प्रष्ट हुन्छ । कारोबार घट्दा पनि नागबेली लघुवित्त विकास बैंकको संस्थापक सेयर चार करोड रुपियाँभन्दा बढिले खरिद बिक्री भएको छ ।

Advertisement

Advertisement

Advertisement