सिटी एक्सप्रेसको ११औं हप्ताका विजेताहरु सार्वजनिक, ओप्पो फोन पुनम लामालाई

Advertisement

काठमाडौंः सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको ११औं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले विद्युतीय गोलाप्रथामार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेताको घोषणा गरेको हो ।

चाँदीको सिक्का विजेताका रुपमा स्वोर्नलता श्रेष्ठ, लक्ष्मी नारायण यादव, शिवप्रसाद लोनिया, डोलकुमार तिमल्सिना, शान्ति गुरुङ, बिदुर बोहोरा र सोचिन्दर साह छनोट भएका भने ओप्पो फोन विजेताका रुपमा काठमाडौंकी पुनम लामा छनोट भएकी छन् ।

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्सप्रेसले गएको दशैं तिहार र छठलाई लक्छित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिनसम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो ।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी, साप्ताहिकरुपमा एक जना विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् ।

दैनिक, साप्ताहिक तथा मासिक विजेताहरुसमेत बम्पर उपहारका लागि छनोट हुने जनाइएको छ । यो उपहार योजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement