रेमिटान्स कम्पनीहरूमध्येबाट आईएमई उत्कृष्ट करदाताको रुपमा सम्मानित

Advertisement

काठमाडौँ । रेमिटान्स (विप्रेषण) सेवा प्रदायक कम्पनीहरूमध्ये आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८० को अवसरमा बिहीबार बिहान आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रमाम अर्थमन्त्री प्रकाशशरण महतले आईएमई समूहका प्रबन्ध निर्देशक तथा आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकाललाई सम्मानपत्र प्रदान गरे । 

Advertisement

आर्थिक वर्ष २०७८–७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने रेमिटान्स कम्पनीहरूमध्ये आइएमईले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको विभागको भनाई छ । 

सन् २००१ मा स्थापित भई साधारण शेयर निष्कासन गर्ने तयारी गरिरहेको आईएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक पटक सम्मानित हुँदै आएको छ ।

Advertisement

Advertisement