निष्क्रिय प्रयोगकर्ता धेरै भएपछि ई–सेवाले ल्यायो ‘डबल लखपति’ योजना

Advertisement

काठमाडौं । निष्क्रय प्रयोगकर्ताहरु बढेपछि वालेट कम्पनी ई–सेवाले ‘डबल लखपति’ योजना सुरु गरेको छ । पछिल्लो समयमा प्रतिस्पर्धीहरुले आकर्षक योजनासहित बजार विस्तार गरेपछि ई–सेवाका निष्क्रिय प्रयोगकर्ता निकै बढेका हुन् । 

उनीहरुलाई सक्रिय बनाउन ‘मेरो यात्राको साथी २’ नाम दिएर ई–सेवाले लखपति योजना सुरु गरेको हो । यो योजनामा होटल बुक गर्दा वा बसको टिकट काट्दा वा राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई टिकट खरीद गर्दा दुई लाखसम्म जित्न सकिने जनाइएको छ । यसमा क्यासक्याक र अरु उपहार पनि पाइने कम्पनीको भनाई छ । 

Advertisement

ई–सेवाले एप्लिकेसन डाउनलोड गर्नेको संख्या एक करोडभन्दा धेरै रहे पनि निष्क्रिय प्रयोगकर्ताको संख्या झण्डै ४० प्रतिशत रहेको छ । यो संख्या बढ्दो क्रममा रहेको छ । पछिल्लो समयमा बैंकहरको मोवाइल एप्लिकेसनमार्फत नै सोझै रकम भुक्तानी तथा ट्रान्सफर गर्न सहज भएकाले पनि ई–सेवा प्रयोगकर्ता निकै घटेका हुन् । कुनै समयमा ई–सेवा र उसैको मातृ संस्था एफवान–सफ्टअन्तर्गत रहेको फोन–पेको गुणस्तर र विश्वसनियतामाथि प्रश्न उठेपछि बैंकहरुले आफ्नै स्विच प्रयोग गर्न थालेका छन् । 

Advertisement

Advertisement