सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ योजना सार्वजनिक

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यस बर्षको नजिकिँदो दशैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ योजना सार्वजनिक गरेको छ । दुई महिना चल्ने यो योजना आइतबार घोषणा गरिएको हो ।  

योजना घोषणा गर्ने कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बासर जितु नेपाल पनि सहभाथी थिए । यो योजनाअन्तर्गत कम्पनीले गोलाप्रथाबाट हरेक महिना एक जनालाई एक लाख रुपियाँ, हरेक हप्ता पाँच जनालाई २५ हजार रुपियाँ र ६१ दिन लगातार हरेक दिन सय जना विजेतालाई पाँच सय रुपियाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने छन् । 

Advertisement

‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ अफर असोज १५ देखि मङ्सिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । 

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीको भनाई छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि विश्वका विभिन्न देशबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीका देशभर छरिएर रहेका २५ हजार भुक्तानी केन्द्रहरु रहेका छन् । 

Advertisement

Advertisement