‘कम्युनिष्ट शासन आयो भने कुन देशको सेना नेपाल आएर परेड खेल्छ थाहा हुँदैन’

Advertisement

तनहुँ: नेपाली काँग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर–१ को प्रतिनिधी सभाको प्रत्यक्ष तर्पmका उम्मेदवार रामचन्द्र पौडेलले बाम गठबन्धनको नाउँमा नेकपा एमाले र माओवादी केन्द्रले अन्तराष्ट्रिय सम्बन्धमा खतरामा पु¥याएको बताएका छन् ।

शनिबार भानु नगरपालिकाको पालटारीमा गरिएको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले बाम गठबन्धनले सरकार बनाए अन्तराष्ट्रिय सन्तुलन गुम्ने आरोप लगाए ।
अन्तराष्ट्रिय जगतले काँग्रेस भएकाले विश्वास गरेको बताउँदै वरिष्ठ नेता पौडेलले काँग्रेसले नै देश बचाएको बताए । काँग्रेस भएकै कारण जुनसुकै देशले विश्वास गरेको चर्चा गर्दै नेता पौडेलले भारत र चीनसँगको सम्बन्ध पनि काँग्रेस भएकोले सन्तुलित भएको दाबी गरे ।

बाम गठबन्धन लोकतन्त्र समाप्त पारी तानाशाह शासन स्थापना गर्ने नियतले भएको आरोप लगाउँदै नेता पौडेलले देश बलियो बनाउन काँग्रेसलाई भोट दिन आँग्रह गरे ।

‘कम्युनिष्ट शासन आयो भने सन्तुलन रहँदैन कतिबेला कुन देशको सेना नेपाल आएर परेड खेल्छ थाहा हुँदैन’ वरिष्ठ नेता पौडेलले भने ।

‘पुरा शक्ति लगाएर पुरा मेहनत लगाएर नेपालको सुरक्षाको लागि हाम्रो जीउ धनको रक्षाको लागि , नेपालको भविश्यको लागि बामगठबन्धन विरुद्ध नेपाली काँग्रेस लडेको छ ’–नेता पौडेलले भने । लोकतन्त्रको रक्षा , विदेशी हस्तक्षप रोक्न र समृद्धीको लागि जनताले नेपाली काँग्रेसलाई जिताउन आवश्यक रहेको पनि उनको भनाई रहेको थियो । आसन्न चुनावमा देशै भरीका कार्यकर्ताहरुलाई दृढ भएर चुनावी अभियानमा लागौं नत्र लोकतन्त्र समाप्त हुन सक्छ’ नेता पौडेलले भने ।

देशको शान्ति सम्भौताको तयार आपूmले गरेको बताउँदै पौडेलले २०४८ सालको निर्वाचन पछि आपूmले धेरै काम गरेकोेले
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर १ को प्रदेश १ का प्रत्यक्ष तर्पmका उम्मेदवार गोविन्द भट्टराईले विकास प्रेमी नेतालाई भोट दिन आग्रह गर्दै एउटा कुवा पनि निमार्ण नगर्ने नेताहरु चुनावी मैदानमा आएकोले त्यस्ता उम्मेदवारलाई पराजित गर्न आवश्यक रहेको बताए ।

Advertisement

Advertisement

Advertisement