एकै दिन नबिल बैंकको १० नयाँ शाखा सञ्चालनमा

Advertisement

काठमाडौंः नबिल बैंकले एकै दिनमा १० नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुर्खेतको विरेन्द्रनगर, कैलालीको टिकापुर, पोखराको तालचोक, बगर, अमरसिंहचोक, दाङको लमहि, महात्तरीको बर्दिबास, चितवनको टाँडी, सिराहाको लाहान र सर्लाहीको हरिवनमा शाखा सञ्चनलमा ल्याएको हो ।

बैंकले सोमवार एकै साथ यी नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले खोलेको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । बैंकले बढि भन्दा बढि ग्राहकहरुलाई सेवा सुविधा उपलब्ध गराउने उदेश्यका साथ शाखा कार्यालयको सजांल देशैभर विस्तार गर्दै लगिरहेको छ ।

खोलिएका १० नयाँ शाखापछि बैंकको कुल शाखाको सङख्या ६२ तथा २ एक्स्टेन्सन काउन्टर सहितको बृहत सञ्जाल, १ सय वटा एटिएमहरु र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

Advertisement

Advertisement