जनता बैंकले १४ दशमलव ४० प्रतिशत बोनस सेयर दिने, साधारणसभा पुस २८ गते

Advertisement

काठमाडौँ: जनता बैंक लिमिटेडको आठौं साधारणसभा पुस २८ गते हुनेभएको छ । सभा काठमाडौँको अमृतभोगमा ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ ।

सभाले बैंकले प्रदान गर्ने १४.४० प्रतिशत बोनस सेयर प्रस्ताव पारित हुनेछ । बैंकले उसको चुक्ता पुंजी एक अर्व ७० लाख ९१ हजार ३५ रुपियाँबराबरको (१४.४०) प्रतिशत बोनस सेयर प्रस्ताव यहि मंसिर १५ गते बसेको संचालक समितिले निर्णय गरेको थियो ।

आज पारित भएपछी मात्रै लगानीकर्ताले बोनस पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ९९ करोड ३६ लाख ९४ हजार रुपियाँ रहेको छ । १४.४०% बोनस सेयर दिइसकेपछि चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ९८५ रुपियाँ हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६ करोड ४८ लाख १७ हजार रुपियाँ खुद मुनाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement