सतप्रतिशत जित निकाल्दै विराटनगर क्वालिफायरमा, काठमाडौं ८ रनले पराजित

Advertisement

काठमाडौंः त्रिवि मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विराटनगर वारियर्स लगातार जित निकाल्दै समुह विजेताको रुपमा क्वालिफायरमा पुगेको छ । आज भएको पहिलो खेलमा काठमाडौं किंग्स इलेभेनलाईलाई ८ रनले पराजित गर्दै विराटनगरले क्वालिफायरमा स्थान बनाएको हो ।

समूह चरणका सबै खेल मध्य चार खेलमा पराजित भएपछि काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा पाँच खेलबाट दुई अंक जोडेको काठमाडौंं पाँचौ स्थानमा रहदै बाहिरिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रन बनाएको थियो । विराटनगरका लागि अंशुमानले ३२ रन र बाबर हायातले ६७ रन बनाएपछि टोलीले राम्रो रनको योगफल तयार पारेको थियो ।

काठमाडौंका सोमपाल कामी र अमरसिंह रौतेलाले समान दुई दुई विकेट लिए ।

विराटनगरले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले पुरै २० ओभर खेलेर नौ विकेट को क्षतिमा एक सय ३९ रन मात्र बनायो । विदेशी खेलाडी फारवेज मुसरफले सर्वाधिक ४२ रन बनाए । नरेश बुढाऐर ३० तथा सागर पुन १३ रन बनाए ।

विराटनगरका लागि अंशुमान रथले तीन तथ बसन्त रेग्मीले दुई विकेट लिए । पारस खड्का र करण केसीले १ १ विकेट लिए ।

जितसँगै लिगमा विराटनगरको ५ खेलबाट १० अंक भएको छ ।

Advertisement

Advertisement

Advertisement